पोखरा । देशकै धेरै विद्यार्थी रहेको पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतगणना जारी छ । आइतवार भएको मतदानको मतगणना सोमबार जारी रहदा एमालेनिकट अनेरास्ववियुले शुरुदेखि नै अग्रता कायम राखेको छ ।
स्वतन्त्र उम्मेवार विप्लवी न्यौपाने नेविसंघ र अखिल क्रान्तिकारीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएकी छन् । उनलाई रास्वपाले समर्थन गरेको बताइएको छ ।
पछिल्लो अपडेट अनुसार स्ववियु सभापतिमा अनेरास्ववियुका बिष्णु पोखरेलले १८४ मतसहित अग्रता लिइरहदा दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार विप्लवीले ८५ पाएकी छन् भने नेविसंघका सुशील न्यौपाने ७७ मतसहित पछ्याइरहेका छन् ।
माओवादीनिकट अखिल क्रान्तिकारीका नविन अधिकारीले ४२ ,नेकपा एससहित विप्लव र वैद्यनिकट अखिल संयुक्तका सन्तोष पौडेलको ३२ र स्वतन्त्र उम्मेदवार कमल सुवेदीले २२ मत पाएका छन् ।
सचिवमा अखिलकै विराट दुवाडी २२९ मतसहित अग्रता लिइरहेका छन् भने कोषाध्यक्षमा पनि सोही संगठकी सन्दीका गुरुङ २२० मतसहित अग्रता लिइरहेकी छन् ।
पिएनकाे स्ववियु निर्वाचनमा २८९७ मत खसेको छ ।
प्रतिक्रिया