पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियूमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ । अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार विष्णु पोखरेल दोब्बरभन्दा धेरै मतान्तरले विजयी भएका हुन् ।
पोखरेल ११०५ मत ल्याउदै निर्वाचित भए भने नेविसंघका सुशील न्यौपानेले ५०३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाकोसमेत समर्थन लिएर स्वतन्त्र चुनाव लडेकी विप्लवीले ४६९ मत ल्याइन् । माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीका नवीन अधिकारीले जम्मा २२३ मत ल्याए ।
अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (मोहन वैद्य)को संयुक्त प्यानलका सन्तोष पौडेलले मात्र १९६ मत ल्याए ।
सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १४१३ ल्याउदा उनका निकटतम प्रतिस्पधी नेविसंघका विवेक भट्टराईले जम्मा ६२८ मत ल्याए ।
कोषाध्यक्षमा अनेरास्ववियुकि सन्दिका गुरुङले १३०४ मत पाउदै बिजयी भए ।
९ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत गर्ने भनिएको पीएन क्याम्पसमा विद्यार्थी परिचय पत्र भने ७ हजार ४ सय जनाले लगेका थिए । त्यसमा जम्मा २ हजार ८९७ मत खसेको थियो । परिचय पत्र लैजाने विद्यार्थीको संख्यामध्ये जम्मा ३९.१२ प्रतिशत मात्र मतदानमा सहभागी भएका हुन् ।
अहिले पृथ्वीनारायण क्याम्पसको इतिहासमै सबैभन्दा कम मत खसेको हो ।
प्रतिक्रिया