काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको काठमाडौं महानगर कमिटीले महानगरका मेयर बालेन्द्र साह (बालेन)ले सोमबार राति मदिरा सेवन गरेर आपत्तिजनक स्टाटस लेखेको आरोप लगाएकाे छ ।
संघले अनुसन्धानको दायरामा ल्याउन समेत सरकारसँग माग गरेको छ ।
कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मयर बालेनलाई कानूनी कठघरामा उभ्याउन सरोकारवाला निकायसँग संघले विज्ञप्तिमार्फत माग गरेको छ ।
अध्यक्ष दिपेश सुधाकारले एक विज्ञप्ति जारी गर्दै बालेनले लेखेको स्टाटस ‘…टुकुचामा गाड्छु…’ भन्ने अभिव्यक्तिप्रति युवा संघ महानगर कमिटीको ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रतिक्रिया