टेक्ससमा आगामी मार्च २९ र ३०, २०२५ मा मन्त्र सम्मोहन विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरिँदैछ। आध्यात्मिक अभ्यास, मानसिक शक्ति जागरण र सम्मोहन (Hypnosis) को प्रभावकारी प्रविधिहरू सिकाउने यो कार्यक्रम चर्चित प्रशिक्षक आयुष रेग्मी द्वारा सञ्चालन हुनेछ।
आयोजकहरूका अनुसार, तालिममा सहभागीहरूलाई आँखा सम्पर्क (Eye Gazing) द्वारा २० सेकेन्डभित्र कसैलाई सम्मोहित गर्ने प्रविधि, गैर-मौखिक (Non-Verbal) सम्मोहनका सीप, त्रिकोणीय श्वासप्रश्वास (Triangular Breathing), ऊर्जाको दीक्षा (Mantra Dikshya), तथा मानसिक शक्ति जागरणका विशेष विधिहरू सिकाइनेछ।
यस तालिममा व्यवसायिक, सामाजिक र व्यक्तिगत सम्बन्धमा सुधार ल्याउने गेज (Gaze) को प्रयोग, प्रेम, धन, स्वास्थ्य लगायतका ऊर्जाहरू आकर्षण गर्ने तरिका, तथा व्यक्ति वा समूहलाई तुरुन्त ट्रान्स (Trance) मा लैजाने प्रविधिहरू समावेश गरिएका छन्। प्रशिक्षक रेग्मीले मानसिक र शारीरिक रोगहरूको उपचारमा सम्मोहनको भूमिका, व्यापार तथा करियर उन्नतिका लागि ऊर्जाको प्रभावकारी प्रयोग, तथा समाजमा प्रभावशाली व्यक्तित्व विकास गर्ने विशेष विधिहरू पनि प्रस्तुत गर्नेछन्।
आयोजकहरूका अनुसार, नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा आध्यात्मिक अभ्यासहरूमा रुचि राख्ने व्यक्तिहरूका लागि यो तालिम अत्यन्त लाभदायक हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा इच्छुक व्यक्तिहरूले अग्रिम रूपमा आफ्नो स्थान सुरक्षित गर्नुपर्ने आयोजकहरूको भनाइ छ। सीमित सिट भएकाले समयमै दर्ता गर्न आग्रह गरिएको छ। अर्को प्रशिक्षण २०२५ जुन २८ र २९ मा ‘न्यु जर्सी’ मा हुदैछ ।
प्रतिक्रिया