काठमाडौं । कुलमान घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि उनका सर्मथकले नेपाल विद्युत् प्राधिकरणको गेटमा नाराबाजी गरेका छन् । समर्थकले नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यविरुद्ध नाराबाजी गरेका हुन् ।
कुलमान घिसिङको कार्यकाल करिब ४ महिना बाँकी रहँदा सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गरेको थियो । घिसिङको बर्खास्तीलाई लिएर प्रतिपक्षी दलले सदन अवरोध गरेका छन् भने समर्थकहरु सडकमा आएका छन् ।
प्राधिकरण अगाडिको सडक अवरुद्ध पारेर प्रदर्शन भएको भन्दै प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई हटाएको थियो ।
प्रतिक्रिया