आज पनि उच्च अंकले बढ्यो शेयर बजार, ५ अर्बको कारोबार

आज पनि उच्च अंकले बढ्यो शेयर बजार, ५ अर्बको कारोबार



काठमाडौं । शेयर बजार आज पनि उच्च अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ४३ अंकले बढेर २ हजार ६ सय ६३ दशमलव ३० विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर ६ प्रतिशतले उकालो लागेको छ । यस्तै लगानी र माइक्रोफाइनान्स समूहको शेयर २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज गुराँस लघुवित्त र शृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन कुमारी सबल योजनाको शेयर सबैभन्दा धेरै झन्डै २ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ३ सय ९ वटा कम्पनीका ९७ लाख ७२ हजार कित्ता शेयर ५ अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ ।