काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यकाे रिट सर्वाेच्च अदालतमा दर्ता भएकाे छ ।
शाक्यले हिजाे बुझाएकाे रिट आज दर्ता भएकाे सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । शाक्यले साढे ३ वर्ष पुरानाे मुद्दा टुङ्गाे लगाउन माग गर्दै रिट दिएका हुन् ।
यसअघि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सरकारकाले गैरकानूनी रूपमा हटाएको दाबी गर्दै बुझाएकाे रिट दर्ता भएकाे थियाे । घिसिङ र शाक्य दुवैको प्रारम्भिक सुनुवाइ भोलिका लागि तोकिएको छ ।
यसअघि २०७८ साल साउन २५ गते तत्कालीन सरकारले कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेर कुलमान घिसिङलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो । सरकारको त्यो निर्णयको विरुद्धमा शाक्यले सर्वोच्चमा रिट हाले पनि अहिलेसम्म सर्वोच्चले फैसला दिएको छैन ।
प्रतिक्रिया