अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारको कुनै पनि देशबाट अमेरिकामा जाने सामानमा कम्तीमा १० प्रतिशत आयात कर लगाउने भएका छन्। ट्रम्पले आयातित सबै बस्तुमाथि भन्सार शुल्क अर्थात् आयकरको घोषण शुक्रबारदेखि लागू हुनेछ ।
‘मुक्ति दिवस’ नाम दिंदै ट्रम्पले नयाँ कर घोषणा गरेका हुन् । करिब ६० देशमाथि उनीहरूले अमेरिकी उत्पादनहरू माथि लगाएको भन्सार महसुलको आधा दर बराबर भन्सार महसुल लगाउने घोषणा गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पले नेपालका लागि नयाँ भन्सार दर १० प्रतिशत लगाइएको छ । भारत माथि २६ प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरिएको छ । चीन माथि ३४ प्रतिशत, युरोपियन युनियनमाथि २० प्रतिशत, दक्षिण कोरियामाथि २५ प्रतिशत, जापानमाथि २४ प्रतिशत, भियतनाममाथि ४६ प्रतिशत र ताइवानमाथि ३२ प्रतिशत भन्सार महसुल लगाएको छ ।
सवारी साधन क्षेत्रमा २५ प्रतिशत भन्सार महसुल लगाइएको छ । अमेरिकामा आयात हुने सबै सामानमाथि अप्रिल पाँच वाट १० प्रतिशत आधारभूत भन्सार महसुल लागू हुने घोषणा ट्रम्पले गरेका हुन् ।
ह्वाइट हाउसको रोज गार्डेनमा ट्रम्पले मुक्ति दिवस भन्दै कर बृद्धि घोषणा गरेका हुन् । यसले अमेरिकाको लागि स्वर्ण युगको सुरुवात गर्ने उनको भनाइ छ । केही देशमाथि अमेरिकी व्यापार घाटाको आधारमा अधिक आयातकर लाग्ने अनुमान गरिएको छ । अधिक आयातकर ५० प्रतिशतसम्म हुनसक्छ । जुन अप्रिल ९ बाट शुरु हुने समाचारमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया