प्रधाानमन्त्री ओली र श्रीलंका प्रधानमन्त्री अमरासुरियाबिच भेटर्वार्ता

प्रधाानमन्त्री ओली र श्रीलंका प्रधानमन्त्री अमरासुरियाबिच भेटर्वार्ता



बैंकक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबिच बिहीबार भेटर्वार्ता भएको छ ।

थाइल्याण्डको औपचारिक भ्रमणका कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड आएका सदस्य मुलुकका राष्ट्रप्रमुख–सरकार प्रमुखसँगको साइडलाइन र्वार्तामा व्यस्त भएका हुन् । भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको छ ।

भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।