काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को ८ महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।
तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुनसम्म मुलुकको शोधनान्तर स्थिति तीन खर्ब १० अर्ब ३७ करोड रुपैयाँ बचतमा रहेको छ ।
गत वर्षको यसै अवधिमा शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोड रुपैयाँ बचतमा थियो । गत वर्षको तुलनामा यो वर्ष शोधानान्तर बचत केही घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब २९ करोड बचतमा छ ।
त्यसैगरी चालु आर्थिक वर्षको आठ महिनामा अवधिमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ९.४ प्रतिशत बढेको छ । गत फागुनसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशत बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशत वृद्धि भइ सात अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशत बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या तीन लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको छ ।
फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो ।
यस अवधिमा आयात ११.२ प्रतिशतले बढेको छ भने निर्यात ५७.२ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा कुल वस्तु निर्यात ५७.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५८ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४.० प्रतिशतले कमी आएको थियो । ५८ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४.० प्रतिशतले कमी आएको थियो ।
आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा कुल वस्तु आयात ११.२ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.७ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.९ प्रतिशत, १२.५ प्रतिशत र २०.६ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.४ प्रतिशतले बढेको छ । यस अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया