त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीले बिहीबार उनको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालले जानकारी दिएको छ ।

गत चैत ११ गते त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिबाट बरालले राजीनामा दिएका थिए । बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका थिए ।

बराल गत वर्षको फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।