वर्षको अन्तिम दिन घट्यो शेयर बजार

वर्षको अन्तिम दिन घट्यो शेयर बजार



काठमाडौं । २०८१ सालको अन्तिम दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ६२ अंकले घटेर २ हजार ६६२ दशमलव ०८ विन्दुमा झरेको छ ।

आज होटल, लगानी, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर झन्डै साढे १ प्रतिशतले ओरालो लागेको छ ।

आज विन नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गूडविल फाइनान्स कम्पनीको डिबेन्चर र नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ५ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ३ सय २२ वटा कम्पनीका १ करोड ३१ लाख कित्ता शेयर ६ अर्ब २८ करोड रुपैयाँमा किनबेच भएको छ ।