लगातार दोस्रो दिन बढेर शेयर बजार २७ सय विन्दु नजिक

लगातार दोस्रो दिन बढेर शेयर बजार २७ सय विन्दु नजिक



काठमाडौं । हिजो २७ अंकले बढेको शेयर बजार आज पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ०१ अंकले बढेर २ हजार ६ सय ९६ दशमलव २३ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, होटल, लगानी, उत्पादन, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर बढेको छ । आज जलविद्युत् समूहको शेयर १ दशमलव ६३ र विकास बैंक समूहको शेयर १ दशमलव ११ प्रतिशतले उकालो लागेको छ ।

आज कर्पाेरेट विकास बैंक, बलेफी हाइड्रोपावर, नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गुँरास लघुवित्त कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ८ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ३ सय २९ वटा कम्पनीका १ करोड ६६ लाख कित्ता शेयर ७ अर्ब २६ करोड रुपैयाँमा किनबेच भएको छ ।