काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौंले उनलाई हाजिर जमानीमा छाड्न लागेको हो ।
महामन्त्री राणा छुट्ने भएपछि अहिले भद्रकालीस्थित प्रहरी परिसरमा कार्यकर्ताको भिड लागेको छ ।
स्वास्थ्य उपचारका लागि राणालाई हिरासतबाट छाड्ने तयारी भइरहेको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
राप्रपा महामन्त्री राणा करिब तीन महिना भारतका विभिन्न अस्पतालमा क्यान्सरको उपचार गरेर गत पुसमा स्वदेश फर्किएका थिए ।
उनले स्वास्थ्य उपचारका लागि हिरासत मुक्त गरिदिन आग्रह गर्दै आएका थिए ।
चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुनेमा भएको प्रदर्शन भड्काएको आरोपमा पक्राउ गरी अदालतबाट अनुमति लिएर प्रहरीले राणामाथि अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया