काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक खेल रद्द हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल भएको छ ।
शनिबार विहान भएको वर्षाका कारण मैदानमा असर पुगेको हाे । करिब ५ घण्टासम्म मैदान सुकाउने काम गरिएको भएपनि मैदानको केही भाग निकै खराब अवस्थामा रहेकाले अम्पायरले खेल नखेलाउने निर्णय गरे ।
समूह चरणमा दुवै टोलीले समान ३-३ खेल जितेका थिए । अफगानिस्तान नेट रनरेटमा अगाडि रहेकाले आजको खेलमा अंक बाँडिदा समान ७-७ अंक भएपनि नेट रनरेटकै कारण अफगानिस्तान विश्वकपमा छनोट भएकाे छ ।
खेल रद्द भएपछि समर्थकले क्यान, एसीसी र आईसीसीविरुद्ध नारा लगाउँदै खेल गराउन नसकेको आरोप लगाएका छन् ।
समुर्थकहरू आक्रोशित बनेपछि प्रहरी नै पुगेर सम्झाउदै होहल्ला गर्ने समर्थकहरूलाई विस्तारै मैदानबाट बाहिर पठाएका थिए ।
प्रतिक्रिया