काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले शिक्षकहरुको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । प्रवक्ता डा. शरदसिंह यादवले विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरुसँग वार्ता गर्न सरकारसँग माग गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरुसँग सरकारले तत्काल वार्ता गरि न्यायोचित मागहरु सम्बोधन गर्दै शिक्षा ऐन समेत जारी गरिदिनहुन सरकारसँग माग गर्दछ ।’
शिक्षा नीति, ऐन, कानून र शिक्षा क्षेत्रमा देखिएका विकृत्ति र अन्योलता अन्त्य गर्न अहिलेको आवश्यकता भएको विज्ञप्तिमा उल्लेख छ । विद्यालय शिक्षा ऐनको माग गर्दै देशभरका शिक्षक १९ औं दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।
प्रतिक्रिया