दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ

दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ



काठमाडौं । काठमाडौंको तीनकुनेमा आयोजित पूर्वराजा समर्थकहरूको प्रदर्शनमा सहभागी भएर राज्य विरुद्धको कसुर गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ नयाँबस्ती घर भएका तेजेन्द्र रायमाझी छन् । उनलाई जोरपाटीबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले जानकारी दिए ।

रायमाझी दुर्ग प्रसाईं निकट भनेर चिनिन्छन् । उनी पब्लिक डिफेन्स फोर्स (पिडिएफ) का बागमती संयोजक हुन् ।

रायमाझीविरुद्ध राज्य विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिने बताइएको छ । चैत १५ मा तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोमा रायमाझी सहित ७४ जना थुनामा छन् ।

एक जना नाबालक र राप्रपाका महामन्त्री धवल शमशेर सहित १० जना भने हाजिर जमानीमा छुटेका छन् ।