डोटीमा मिनिट्रक दुर्घटना, ३ जनाको मृत्यु

डोटीमा मिनिट्रक दुर्घटना, ३ जनाको मृत्यु


ग्लोब नेपाल
81
Shares

डोटी । डोटीमा मिनिट्रक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । भिमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ गोल्डेनमा आज विहान भएको दुर्घटनामा परी चालकसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरीकार्यलय डोटीले जनाएको छ ।

जिल्लको जोरायल गाउँपालिका वडा नम्बर–१ गोल्डेनमा धनगढीबाट बझाङतर्फ जाँदै गरेको अन्दाजी ३२-३३ बर्षका अर्जुन धामीले चलाएको सु.प.प्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न्र र खुद्रा सामान बोकेको मिनिट्रक अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको हो ।

अन्य दुई जनाको नाम थर र वतन खुल्न बाकी रहेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।