काठमाडौं । भारतको जम्मू–कश्मीरको पहलगाममा एक जना नेपालीसहित कम्तीमा २६ जनाको ज्यान जानेगरी भएको आतङ्ककारी आक्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी गरेका छन् ।
प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री मोदीसँग आतङ्कवादी हमलाबारे कुराकानी भएको उल्लेख गरेकाे छ ।
यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादी आक्रमणमा संलग्नलाई कानूनी कठघरामा उभ्याउने बताएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । मोदीले एक जना नेपाली नागरिकको मृत्यु भएकोप्रति समवेदना व्यक्त पनि गरेका छन् ।
हिजो आतङ्कवादी समूहले गरेको आक्रमणमा पहलगाममा रहेको पर्यटकीय क्षेत्रमा २६ जनाको ज्यान गएको थियो । आक्रमणमा परेर बुटवलका सुदीप न्यौपानेको पनि ज्यान गएको गृहमन्त्री रमेश लेखकले जानकारी गराएका छन् ।
प्रतिक्रिया