प्रहरीसँगको झडपमा केही शिक्षक घाइते

प्रहरीसँगको झडपमा केही शिक्षक घाइते



काठमाडौं । आइतबार प्रहरीसँग झडप हुँदा आन्दोलनरत केही शिक्षक घाइते भएका छन् । घाइतेको संख्या भनेको खुलेको छैन ।

घाइते भएका शिक्षकहरूलाई सिभिल अस्पतालमा लगिएको छ । चैत्र २० गतेदेखि शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरू निरन्तर आन्दोलनमा छन् ।

आइतबार नयाँ बानेश्वरस्थित निषेधित तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दा शिक्षकहरू घाइते भएका हुन् ।

प्रहरीले लाठी चार्जसँगै पानीको फोहोरा प्रयोग गरेको थियो । शिक्षकहरूले पनि प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए ।

शिक्षक महासंघ महासचिव तुलाबहादुर थापाले गम्भीर घाइते भएकालाई ट्रमामा लैजान लागिएको बताए ।