संसद्‌मा सुनाइयो कांग्रेस सांसद राई पक्राउ परेको सूचना

संसद्‌मा सुनाइयो कांग्रेस सांसद राई पक्राउ परेको सूचना



काठमाडौं । संसद्‌मा नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको सूचना सुनाएको छ ।

सहकारी ठगीमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएर फरार रहेकी सांसद राई शनिबार पक्राउ परेकी थिइन् । उनी पक्राउ परेको सूचना शनिवार नै संघीय संसद् सचिवालय पुगेको थियो ।

उक्त सूचना आइतबार प्रतिनिधि सभाको बैठकमा सुनाइएको हो ।

संसद्‌ बैठक नचलेको अवस्थामा पक्राउको सूचना प्राप्त भए सूचना पाटीमा सो सूचना टाँस गर्ने र सभा चलिरहेको अवस्थामा सभामै सुनाउनुपर्ने व्यवस्था छ ।