काठमाडौं महानगरको फोहोर बोक्ने २ सय गाडी बाटोमै रोकिए

काठमाडौं महानगरको फोहोर बोक्ने २ सय गाडी बाटोमै रोकिए



काठमाडौं । काठमाडौं महानगरपालिकाले माछापोखरीको फुटपाथ व्यापार हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन हुँदा फोहोर बोकेका गाडी बाटोमै रोकिएका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–१ का स्थानीयले सडक बन्द गर्दा सिसडोल डम्पिङ साइट हिँडेका गाडीलाई तीनपिप्लेमै रोकिएको हो ।

स्थानीयले सडक बन्द गर्दा काठमाडौंको फोहोर बोकेर गएका करिब २ सय गाडीहरू बाटोमै रोकिएको महानगर वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईले बताइन् । “माछापोखरीको फुटपाथ व्यापार हटाउँदा उहाँहरूले फोहोरका गाडीहरू रोक्नुभएको छ । उहाँहरूसँग कुरा गर्न पर्खिरहेको छु,” राईले भनिन् ।

बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको उनीहरूको आरोप छ ।