संसारकै खतरनाक जेल पुनः सञ्चालन गर्न ट्रम्पको आदेश

संसारकै खतरनाक जेल पुनः सञ्चालन गर्न ट्रम्पको आदेश



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको तटपारिको टापुमा रहेको पुरानो जेल आल्काट्राजलाई पुनः सञ्चालन र विस्तार गर्न आफूले सरकारलाई आदेश दिएको बताएका छन् ।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक सन्देश लेख्दै ट्रम्पले लामो समयदेखि अमेरिका दुष्ट, हिंस्रक तथा पटके अपराधीहरूबाट पीडित भइरहेको बताएका छन् । ट्रम्पले न्याय विभाग, एफबीआई र होमल्यान्ड सेक्युरिटीसँगै कारागार ब्युरोलाई यो जेल पुनः खोल्न निर्देशन दिएका हुन् ।

उनले अमेरिकाको सबैभन्दा क्रूर र हिंस्रक अपराधीहरूका लागि अल्काट्राज जेल खोल्ने आदेश दिइरहेको बताए । अल्काट्राजको पुनः उद्घाटन कानून, व्यवस्था र न्यायको प्रतीक हुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ छ ।

टापुमा रहेको अल्काट्राज जेललाई संसारकै जेल मानिन्छ । यो जेल सन् १९६३ मा बन्द गरिएको थियो । अल्काट्राज टापु अहिले पर्यटकीय गन्तव्यका रूपमा सञ्चालनमा छ । यो टापु सान फ्रान्सिस्कोको गोल्डेन गेट ब्रिज नजिकै रहेको छ ।