काठमाडौं । इन्टरनेटमार्फत सस्तो र सजिलो तरिकाले भिडियो तथा अडियो कल गर्न सकिने सेवा स्काइप मे ५, २०२५ बाट पूर्ण रूपमा बन्द भएको छ।
२००३ मा सुरु भएको स्काइप एक समय धेरै नेपालीको लागि विदेशमा रहेका परिवारजन वा साथीभाइसँग जोडिने प्रमुख माध्यम थियो। २०७२ सालको भूकम्पका बेला पनि स्काइपले नेपालीहरूलाई निःशुल्क कल सुविधा दिँदै सघाएको थियो।
एक समय ३० करोड प्रयोगकर्ता रहेको स्काइप पछिल्लो समय व्हाट्सएप, जुम, फेसटाइम र माइक्रोसफ्ट टिम्स जस्ता नयाँ एपहरूसँगको प्रतिस्पर्धामा पछि परेको थियो।
प्रयोगकर्ताले २०२६ जनवरीसम्म आफ्ना डाटा डाउनलोड गर्न सक्नेछन्।
प्रतिक्रिया