काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा प्राप्त गरेको ‘जीपीए’ अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ ।विगतमा प्रवेश परीक्षा लिएर त्यसैका आधारमा विद्यार्थी भर्ना गर्ने गरेकोमा सीटीईभीटीले अबदेखि प्राप्त जीपीएका आधारमा भर्ना गर्न लागेको हो ।
अब विद्यार्थीले सीटीईभीटीअन्तर्गतका जुनसुकै विषय पढ्न प्रवेश परीक्षा दिन नपर्ने भएको छ ।
सीटीईभीटीले प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्नासम्बन्धी निर्देशिका–२०८२ तयार गरी कार्यान्वयनमा ल्याएको छ ।
सीटीईभीटीले पढ्न चाहने विद्यार्थीका लागि अनलाइनमार्फत फारम भर्ने व्यवस्थासमेत गरेको छ । आङ्गिक र सम्बन्धनप्राप्त निजी क्याम्पसले त्यस्ता विद्यार्थीको फारम भर्न सहजीकरण गर्नेछन् ।
निजी कलेजहरूले यसअघि नै ग्रेडका आधारमा भर्ना गर्न माग गर्दै आएका थिए । देशभर ६३ आङ्गिक र प्रतिष्ठान एवम् निजी गरी चार सयभन्दा बढी कलेज रहेका छन् ।


प्रतिक्रिया