विश्वभर फोनमा एकअर्कालाई कल गर्ने मानिसहरूको संख्या घट्दै गएको छ । अब यसलाई मेसेजिङ एप वा अन्य माध्यमबाट इन्टरनेट कलिङले प्रतिस्थापन गरेको छ ।
हालैका वर्षहरूमा जर्मनीमा मोबाइल फोन प्रयोग गर्ने तरिकामा ठूला परिवर्तन देखिएको छ । आधिकारिक तथ्याङ्क अनुसार, जर्मनीमा भिडियो र अडियो कलिङले परम्परागत फोन कललाई उछिनेको छ ।
फेडरल नेटवर्क एजेन्सीले समाचारमा बताएअनुसार जर्मन उपभोक्ताहरूले २०२४ मा मोबाइल फोनमा १४५ अर्ब मिनेट कल गरे, जबकि यो संख्या २०२१ मा १६३ अर्ब मिनेट थियो । यसको विपरित, व्हाट्सएप र सिग्नल जस्ता मेसेजिङ एपमार्फत अडियो कलिङ समय २०२२ मा १२१ अर्ब मिनेटबाट बढेर २०२४ मा १९७ अर्ब मिनेट पुगेको छ ।
भिडियो कलिङ पनि तीव्र गतिमा बढेको छ । भिडियो कलिङ समय २०२२ मा १४३ अर्ब मिनेट थियो, जुन २०२४ मा बढेर १८४ अर्ब मिनेट पुगेको छ । साथै, ल्याण्डलाइन फोन कलहरूमा पनि निरन्तर गिरावट आएको छ । २०२० मा, १०४ अर्ब मिनेट ल्यान्डलाइन कलहरू थिए, जबकि २०२४ मा यो संख्या ५७ अर्ब मिनेटमा झयो ।
संसार परिवर्तन हुँदैछ
जर्मनी जस्तै, परम्परागत फोन कलहरूको संख्या विश्वव्यापी रूपमा घट्दै गइरहेको छ । सेल्सेलका अनुसार, २०२३ मा विश्वभर प्रति दिन लगभग १३.५ अर्ब मोबाइल कलहरू गरिएका थिए, जसको वार्षिक कुल संख्या लगभग ४९ ट्रिलियन कलहरू थियो । अमेरिकामा, २०२१ मा मोबाइल कल मिनेटहरूको संख्या २४ ट्रिलियन थियो ।
बेलायतमा, २०२० मा मोबाइल कल मिनेट १८९.७ अर्ब थियो, तर २०२१ मा यो घटेर १८७ अर्ब मिनेटमा झ¥यो । जर्मनीमा परम्परागत कलिङमा गिरावट आएको छ, इन्टरनेटमा आधारित अडियो र भिडियो कलहरूमा तीव्र वृद्धि देखिएको छ । यो प्रवृत्ति विश्वव्यापी रूपमा पनि जारी छ ।
जर्मनी र अन्य देशहरूको तथ्याङ्क हेर्दा, परम्परागत फोन कलिङ द्रत गतिमा लोकप्रियता गुमाउँदै गएको र इन्टरनेटमा आधारित कलिङ र मेसेजिङ एपहरूले प्रतिस्थापन गरिरहेको स्पष्ट छ ।
जुम, माइक्रोसफ्ट टिम्स र गुगल मीट जस्ता भिडियो कन्फरेन्सिङ प्लेटफर्महरूको प्रयोगमा ठूलो वृद्धि देखिएको छ । जेब्रिकेट डट एआईका अनुसार, २०२४ मा, भिडियो कन्फरेन्सिङ बजारको कुल राजस्व १४.२ अर्ब डलर थियो । उत्तर अमेरिकाले यसमा ५.९ अर्ब डलर र युरोपले ३.१ अर्ब डलर योगदान गरेको थियो ।
भिडियो कन्फरेन्सिङ एसिया–प्रशान्त क्षेत्रमा सबैभन्दा बढी प्रयोग भएको थियो । त्यहाँ, २०२४ मा यसको प्रयोग ३४ प्रतिशतले बढेको थियो । जुमको बजार हिस्सा २८ प्रतिशत थियो, जबकि माइक्रोसफ्ट टिम्स २३ प्रतिशत र गुगल मीट १७ प्रतिशत थियो ।
स्मार्टफोन र इन्टरनेट पहुँच
स्मार्टफोनको बढ्दो प्रयोगले इन्टरनेटमा आधारित कलहरूलाई पनि बढाएको छ । डाटा रिर्पोट नामक वेबसाइटका अनुसार, २०२४ सम्ममा, विश्वभर ७.४ अर्ब स्मार्टफोन प्रयोगमा थिए, जुन कुल मोबाइल फोनको ८७ प्रतिशत हो । भारत जस्ता देशहरूमा स्मार्टफोनको मागमा तीव्र वृद्धि भएको छ ।
टेलिफोनिकाका अनुसार, ५.३५ अर्ब इन्टरनेट प्रयोगकर्ताहरूमध्ये लगभग (६.५ प्रतिशतले मोबाइल फोनमार्फत इन्टरनेट पहुँच गरिरहेका छन् । जर्मनी र अन्य देशहरूको तथ्याङ्क हेर्दा, परम्परागत फोन कलिङ द्रत गतिमा लोकप्रियता गुमाउँदै गएको र इन्टरनेटमा आधारित कलिङ र मेसेजिङ एपहरूले प्रतिस्थापन गरिरहेको स्पष्ट छ । प्राविधिमा प्रगति, स्मार्टफोनको बढ्दो प्रवेश र किफायती इन्टरनेट योजनाका कारण यो प्रवृत्ति बलियो हुँदै गइरहेको छ ।
प्रतिक्रिया