गभर्नर नियुक्त गर्ने पक्का भएपछि नेप्से ४९ अंकले बढ्यो

गभर्नर नियुक्त गर्ने पक्का भएपछि नेप्से ४९ अंकले बढ्यो



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आज ४ बजे नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक पहिलो पटक आह्वान गरे संगै बेलुकी बस्ने मन्त्रिपरिषद् बैठकले आजै गभर्नर नियुक्त गरिने भएपछि नेप्से ४९ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ४९ अंकले उकालो लाग्दै २६७७.४५ विन्दुमा पुगेको छ । यद्यपि, बजार सुधारिए पनि कारोबार रकम भने हिजोको तुलनामा थोरै कम छ। हिजोको ७ अर्ब ३५ करोडको तुलनामा आज ७ अर्ब ३१ करोड रुपैयाँ मात्रै किनबेच भयो ।

सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीका शेयर आज १० प्रतिशतले उक्लिएका छन् भने बराही जलविद्युत्को शेयर ७ प्रतिशतले ओरालो लागेको छ ।