काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले अत्याचार नगर्न आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शाहीले यस्तो बताएका हुन् ।
राप्रपाका केन्द्रीय सदस्य रवि किरण हमाल प्रकाउ परेपछि उनले भने,’सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू । हिंसा भड्काउँदै अभिव्यक्ति दिदै हिड्ने तपाई संविधान र नेपालको प्रचलित ऐन कानुनको धज्जी उडाउने तपाईँ अनि पक्राउ पर्नुपर्ने चाहिँ राप्रपाका युवा नेता तथा केन्द्रीय सदस्य रवि किरण हमाल ?’
बुढापाकाको कथन सुन्ने बानी बसाल्न समेत प्रधानमन्त्री ओलीलाई शाहीले सुझाव दिए ।
प्रतिक्रिया