पाेखरा । युवा संघ मतगणना जारी रहँदा सुमन पुरीको अग्रता तोड्दै क्षितिज थेबे अघि बढेका छन् । उनले हालसम्म ६६१ मत पाएका छन् भने पुरीले ४७८ मत पाएका छन् ।
गण्डकी प्रदेशमा क्षितिज थेबेले ८४ मत ल्याउँदा सुमन पुरी ३९ मतमा रोकिएका छन् । विशेष प्रदेशमा थेबेको ३४ र पुरीको ३४ मत आएको छ । कर्णालीमा सुमन पुरीले ५४ मत पाउँदा क्षितिज थेबेको ५१ मत छ ।
त्यस्तै सुदूरपश्चिममा पुरीको ६४ र थेबेको ५२ मत आएको छ । त्यस्तैी गण्डकी प्रदेशमा क्षितिज थेबेले ८४ मत ल्याउँदा सुमन पुरी ३९ मतमा रोकिएका छन् । विशेष प्रदेशमा थेबेको ३४ र पुरीको ३४ मत आएको छ ।
उनले गृह प्रदेशमा ७९ मत पाउँदा थेबे ५२ मतमा रोकिए । आयोजक कमिटीमा थेबेले २३४ मत पाउँदा पुरीले १७३ मत पाए । क्षितिजले आफ्नो गृह प्रदेश कोशीमा १५४ मत पाउँदा सुमन पुरीले जम्मा ३२ मत पाएका छन् ।
युवा संघको आज सम्पन्न निर्वाचनमा १४०४ मत खसेको थियो ।


प्रतिक्रिया