काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुनपर्ने बताएका छन् । बुधबार बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकमा ओलीले गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन् ।
बैठकमा प्रधानमन्त्री ओलीले गठबन्धनविरुद्ध प्रहार भइरहेको समेत बताएका छन् । बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा नदिने बरु सदनमा जवाफ दिने निष्कर्ष निकालेको छ ।
उता विपक्षी दलहरूले भने गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने रणनीति लिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठक बस्नुअघि विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन् ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएका विपक्षी दलहरू थप रणनीति बनाउन छलफलमा जुटेका हुन् । अहिले पनि छलफल जारी छ । आफूहरु मागबाट पछि नहट्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
प्रतिक्रिया