प्रचण्डलाई ओलीको फोन- सदनको अवरोध हटाएर सहयोग गर्न आग्रह

प्रचण्डलाई ओलीको फोन- सदनको अवरोध हटाएर सहयोग गर्न आग्रह



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन् । प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर सदनको अवरोध हटाएर सहयोग गर्न आग्रह गरेका हुन् ।

जवाफमा प्रचण्डले विपक्षी दलहरू अडानप्रति स्पष्ट रहेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने बताएको माओवादीका एक नेताले जानकारी दिए ।

प्रचण्डले ओलीलाई गृहमन्त्रीको राजीनामा गराएर आफैंले सदनमा आएर जवाफ दिन समेत आग्रह गरेका छन् ।