गणतन्त्र नढलेसम्म आन्दोलन जारी हुन्छ : राजेन्द्र लिङ्देन

गणतन्त्र नढलेसम्म आन्दोलन जारी हुन्छ : राजेन्द्र लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहने बताएका छन् ।

राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै राजावादीले आज काठमाडौंमा गरेकाे आन्दोलन बाेल्दै उनले आजको आन्दोलन कास्टिङ मात्र भएको बताए ।

‘आन्दोलनको यो कास्टिङ मात्र हो, गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहन्छ’, उनले भनेका छन् ।

आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटीमण्डप पुगेको थियो ।