आइतबार काठमाडौं उपत्यकामा बिदा

आइतबार काठमाडौं उपत्यकामा बिदा



काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले त्यसदिन बिदा दिइएको गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले जानकारी दिए ।

हरेक वर्ष काठमाडौंमा भोटो जात्राको दिनमा बिदा दिइने गरेको छ । यो बिदा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै लागु हुनेछ ।