आलमलाई सफाइ दिएका न्यायाधीशहरूविरूद्ध उजुरी

आलमलाई सफाइ दिएका न्यायाधीशहरूविरूद्ध उजुरी



काठमाडौं । रौतहटमा बम बिस्‍फोट पछि इँट्टाभट्टामा जलाएर मारेको आरोप लागेका नेपाली कांग्रेसका नेता आफताब आलमलाई सफाइ दिएका दुई न्यायाधीशहरूविरूद्ध उजुरी परेको छ ।

न्याय परिषदमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनविरूद्ध उजुरी परेको स्रोतले बतायो ।

जिल्‍ला अदालत रौतहटले देखाएका आधारलाई बेवास्ता गरी फैसला गरेको भन्दै छानबिन गर्नुपर्ने माग राखिएको हो ।

गत बुधबार न्यायाधीशहरू थारू र महर्जनको इजलासले आफताब आलमसहित चार जनालाई सफाइ दिने फैसला गरेको हो ।

आलमसँगै उनका भाइ मोहम्मद महताब आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनीले पनि सफाइ पाएका हुन् । जिल्ला अदालत रौतहटले उनीहरू चारै जनालाई २०८१ वैशाख १३ गते जन्‍मकैदको फैला गरेको थियो ।