काठमाडौं । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवीन समझदारीमा नआए भाग्न हेलिकप्टर खोज्न चेतावनी दिएका छन् ।
राजा फर्काउन हिजोदेखि थालेको अनिश्चितकालीन आन्दोलनलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीको काठमाडौं कब्जा हिजो नै देखिसकेको टिप्पणी गरे ।
उनले भने, ‘तपाईँले हिजो काठमाडौं कब्जा गर्ने भन्नुभएको थियो, तपाईँको कब्जा त देखियो, ४ सय जना मान्छे जम्मा गर्न नसक्ने मान्छे देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न लायक छैन । यो त हाम्रो सुरुआत हो, अन्तिम होइन, यो राष्ट्रवादीको आन्दोलन हो ।’
उनले राष्ट्रिय झन्डाको आन्दोलन सफल हुने दाबी गर्दै भ्रष्टाचारीहरूको अन्त्य गर्ने बताए ।
प्रतिक्रिया