काठमाडौं । नेपाली कांग्रेसमा इतर समूहको नेतृत्व गरेका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाबीच ११ महिनापछि आज शुक्रबा भेटवार्ता भएको छ ।
आज बिहान डा. कोइरालाको बालुवाटारस्थित सचिवालयमा दुई नेताबिच भेटवार्ता भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन् । यसअघि उनीहरूबीच गत असार ३० गते मन्त्री पठाउने विषयमा छलफल भएको थियो ।
त्यसपछि बल्ल आज भेट भएको स्वकीय सचिव थपलियाले जानकारी दिएका छन् । भेटमा के कुराकानी भयो भन्नेबारे केही खुलाइएको छैन । यद्यपि कांग्रेसको आन्तरिक र पछिल्लो समयमा विकसित राजनीतिबारे छलफल भएको बुझिएको छ ।पार्टीको १४ औँ महाधिवेशनमा एउटै प्यानलबाट सभापति र महामन्त्री लडेका नेताद्वयबीच पछिल्लो समय सम्बन्धमा सौहार्दता नभएको चर्चा हुँदै आएको थियो ।
प्रतिक्रिया