राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ



काठमाडौं । निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नारायणचौरबाट प्रर्दशनमा निस्किएको राजावादीहरूको समूह बालुवाटााेरमा प्रहरीले राखेको ब्यारियर तोडेर अघि बढ्न खोजेपछि थापासहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका सबैलाई अहिले जिल्ला प्रहरी परिसर, भद्रकाली ल्याइँदैछ ।

गत १५ जेठबाट प्रदर्शन सुरु गरेका राजावादीले आज पनि नारायणचौरबाट आन्दोलन सुरु गरेका थिए । राजसंस्था पुनस्थापना र हिन्दु राज्यसहितको माग राखेर भइरहेको प्रदर्शन हिजो बालुवाटार नजिकै पुगेको थियो ।