काठमाडौँ । राजावादीहरुले आज विरोध प्रदर्शन नगर्ने भएका छन् । आज जेठ १९ गते, पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको दिन भएकाले आज जुलुस, धर्ना जस्ता अन्य आन्दोलनका कार्यक्रमहरु नगर्ने संयुक्त जनान्दोलन समितिका संयोजक नवराज सुवेदीले जानकारी दिएका छन् ।
समितिले आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दिवंगत आत्माहरुको चीर शान्तिका लागि दिप प्रज्ज्वलन कार्यक्रममा गर्ने जानकारी दिएको छ । साथै समितिले जनआन्दोलनका कार्यक्रमहरु पछि जानकारी गराउने बताएको छ ।
प्रतिक्रिया