काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबामा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच छलफल हुन लागेको हो ।
संसद्को गतिरोध हटाउने लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । शीर्ष नेताहरूको बैठकपछि साढे ५ बजे मन्त्रिपरिषद् (क्याबिनेट) बैठक सुरू हुने बताइएकाे छ ।


प्रतिक्रिया