सिंहदरबारमा ओली, देउवा र प्रचण्डबीच छलफल

सिंहदरबारमा ओली, देउवा र प्रचण्डबीच छलफल



काठमाडौं । सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

प्रधानमन्त्री ओलीको आह्वानमा सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयमा प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल अहिले भइरहेकाे हो ।

छलफलमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा सदस्य कृष्णबहादुर सिटौला, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका नेताहरू देव गुरूङ, हितराज पाण्डे र महिन्द्र राय यादव सहभागी छन् ।

भिजिट भिसा प्रकरणमा माओवादीसहित प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध गर्दै आएकाे विषयमा छलफल गर्न शीर्ष नेताहरू बैठक बसेका हुन् ।