काँग्रेसद्वारा नेविसंघ र तरुण दलसहित ९ भ्रातृ संस्थाको म्याद ६ महिना थप

काँग्रेसद्वारा नेविसंघ र तरुण दलसहित ९ भ्रातृ संस्थाको म्याद ६ महिना थप


ग्लोब नेपाल
3.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसले नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल विद्यार्थी संघसहितका ९ भ्रातृ संस्थाहरूको तदर्थ समितिको म्याद थप्ने निर्णय गरेको छ ।

सोमबार बिहान बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा भ्रातृ संस्थाहरूको समय थप गर्ने निर्णय भएको प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।

नेविसंघ, तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ  संघ र नेपाल ठाकुर संघको पदावधि ६ महिना थप गरिएको हो ।

तरुण दल, महिला संघ, नेविसंघ लगायतका भ्रातृ संस्थाहरूको म्याद थप भएको छ । तरुण दल र महिला संघले अधिवेशनको कामहरू अगाडि बढाइसकेको छ । नेविसंघको महाधिवेशनसम्बन्धी गतिविधि शून्य छ ।

पार्टीको निर्देशन अनुरूप नेपाल प्रजातान्त्रिक सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल भूतपूर्व सैनिक संघले मात्रै महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेका छन् ।

देउवाले १६ असोजमा भ्रातृ संस्थाहरू तरुण दल, महिला संघ र नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गर्न पार्टीका तर्फबाट निर्देशन समिति बनाएका थिए ।

मंसिर २६ गते महाधिवेशन सम्पन्न गर्न नसकेका भ्रातृ संस्थाहरू नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, र नेपाल प्रजातन्त्र सेनानी संघको महाधिवेशन निर्देशन समिति बनाएका थिए ।