काठमाडौँ । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारीको झोले नबन्न आग्रह गरेका छन् ।प्रधानमन्त्री ओलीसहित एमालेले नेताहरुले सामाजिक सञ्जालमा ‘म झोले हो’ भन्ने अभियान चलाएपछि त्यसमाथि व्यंग्य गर्दै शाहीले भ्रष्टाचारीको झोले होईन, राष्ट्रको झोले बन्न सुझाव समेत दिएका छन् ।
उनले भनेका छन्- प्रधानमन्त्रीज्यु तपाईं झोले नै हो !
गिरिबन्धुको, कम्बोडियाको, यतिको, ओम्निको, भ्यु- टावरको, टेरामाक्सको, भुटानी शरणार्थीको, वाईड बोडिको, एनसेलको, पोखरा बिमानस्थलको, भैरहवा बिमानस्थलको, भिजिट भिसाको ।तर प्रधानमन्त्री ज्यु … भ्रष्टाचारीको झोले होईन, राष्ट्रको झोले बन्नुहोस ।
प्रतिक्रिया