जनयुद्धको भ्रमबाट मुक्त हुन प्रचण्डलाई लिङदेनको चेतावनी

जनयुद्धको भ्रमबाट मुक्त हुन प्रचण्डलाई लिङदेनको चेतावनी



काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अहिले ‘जनयुद्ध’को समय नरहेकाले भ्रममा नपर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिएका छन् ।

राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन परिचालन समितिले मंगलबार काठमाडौंको सिफलमा आयोजना गरेको कार्यक्रममा उनले हिजोकै जस्तो मान्छेलाई तर्साएर आफ्नोमुनि राख्न सकिन्छ कि भन्ने भ्रमबाट मुक्त हुन लिङदेनले प्रचण्डलाई आग्रह गरे ।

आफूहरूको आन्दोलन प्रचण्ड वा कुनै दलको विरुद्ध नभएर गणतन्त्रका नाममा भइरहेको लुटतन्त्र अन्त्यका लागि भएको उनको जिकिर छ ।

आन्दोलनविरुद्ध आउने जो–कोहीलाई जनताले प्रतिकार गर्ने उनकाे दाबी छ । निषेधाज्ञा विस्तार गर्ने, प्रदर्शनलाई रोक लगाउने काम संविधानविपरीत रहेकाले यस्ता निर्णय फिर्ता लिन अध्यक्ष लिङदेनले सरकारलाई आग्रह गरे ।