काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वनिर्धारित मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान तत्काललाई स्थगित गरिएको छ । जेठ २१ देखि तय भएको अभियान स्थगित गरिएको हो ।
पदाधिकारी बैठकले पहिलो चरणको अभियान प्रभावकारी भएको निष्कर्ष निकाल्दै जेठ २१ गते २५ गतेसम्म दोस्रो चरणको अभियान चलाउने निर्णय गरेको थियो ।
अब बर्खाको मौसम लागेकाले तत्काललाई अभियान स्थगित गरिएको केन्द्रीय कार्यालय मुख्य सचिव गणेशमान पुनले बताए । उनका अनुसार अभियानको अर्को मिति अहिले तय भएको छैन ।


प्रतिक्रिया