काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्री गुरुङले नेपाल सरकारका आर्थिक वर्ष २०८२/८३ काे बजेट वक्तव्यसहित राजश्व र व्ययकाे अनुमान सङ्घीय संसदसमक्ष गर्ने स्वीकृति प्रदान गर्ने बताए ।
यस्तै, असार ३ गते अष्ट्रियाकाे भियनामा आयाेजना हुने ओपेक विकास काेष फाेरममा अर्थ मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने उनले उल्लेख गरे ।


प्रतिक्रिया