काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गतको सिरिजमा नेदरल्याण्डसविरुद्ध कसिलो बलिङ गरेको छ । यो समाचार तयार पर्दा ११ ओभरको खेल सकिएको छ । ताजास्थितिमा नेपालले २ विकेट लिएर ४२ रन दिएको छ ।
ओपनर बलर करण केसी र सोमपाल कामीले नेदरल्यान्डका ओपनरलाई पबेलियनको बाटो देखाइ दिए । नेदरल्यान्डका ओपनर मेक हेल लिभिटलाई १ पहिलो ओभरमै सोमपालले आउट गरे भने अर्का ओपनर म्याक्स ओडोडलाई करणले बोल्ड गरेका हुन् ।
नेदरल्यान्डका लागि अहिले बिक्रमजीत सिंह र स्कट इडवर्ड क्रिचमा छन् । सिंहले २३ र इडवर्डले १३ रन बनाएका छन् । नेपालका लागि आसिफ सेख र गुल्सन झाले बलिङ गरिरहेका छन् ।
प्रतिक्रिया