काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ छिटो सदनबाट पारित गर्नेगरी अघि बढिरहेको बताएका छन् ।
बिहिबार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिको बैठकमा बिहीबार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रश्तावकर्ताहरुसँग छलफल भएको हो । छलफलमा सबै सदस्यहरूको चाहना यो विधेयक छिटो सदनमा लैजानुपर्ने रहेको उनको भनाइ छ ।
सभापति खतिवडाले ब्रिटिश आर्मीमा काम गर्ने र एनआरएनएको बारेमा पनि सरकारले एउटा धारणा बनाउनुपर्ने बताए ।


प्रतिक्रिया