काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् ।
बिहीबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले काँग्रेस र एमालेको गठबन्धन राम्रोसँग चलिरहेको र कुनै समस्या नरहेको बताएका हुन् ।
उनले सत्तागठबन्धन ८४ सम्म निरन्तर चल्ने उल्लेख गरे । त्यस्तै सभापति देउवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको भन्दै संसदको गतिरोध अन्त्यका लागि प्रयास भइरहेको बताए । उनले राजावादीहरूको आन्दोलन तुहिसकेको समेत जिकिर गरे ।
काँग्रेस र एमालेको संयुक्त सरकारले ल्याएको बजेट राम्रो र सन्तुलित रहेको उनको भनाइ छ ।
प्रतिक्रिया