हिमानी र हृदयन्द्र जुम्ला जाँदै

हिमानी र हृदयन्द्र जुम्ला जाँदै


ग्लोब नेपाल
567
Shares

काठमाडौँ । हिमानी शाह र ह्रदयेन्द्र शाह जुम्ला जाने भएका छन् । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले दिएको जानकारी अनुसार हिमानी र हृदयन्द्र जेठ २४ गते जुम्ला जान लागेका हुन् । शाहीले जेठ २४ गते बिहान १० बजे हिमानी र हृदयन्द्रको स्वागत गर्न विमानस्थलमा आउन अपिल समेत गरेका छन् । जुम्लामा हिमानी र हृदयन्द्रको थप कार्यक्रमबारे शाहीले जानकारी दिएका छैनन् ।

पछिल्लो समय राजावादीहरुले राजसंस्था पुर्नस्थापनाको लागि आन्दोलन गरिरहेको सन्दर्भमा पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयन्द्र शाहको भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको छ । राजावादी आन्दोलनको एक नेतृत्वकर्ता राप्रपा नेपालका अध्यक्ष कमल थापाले ‘हृदयन्द्र राजा भए ज्ञानेन्द्र शाहले स्वीकार गर्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएपछि हृदयन्द्रको चर्चा चुलिएको हो ।