काठमाडौं । प्रतिनिधिसभा बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिर सदन चल्न दिएका छैनन् ।
सत्तापक्षले भने गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने बताइरहेका छन् । सत्ता र प्रतिपक्षी दलहरूबीच समझदारी नबन्दा प्रतिनिधि सभा बैठक स्थगित भएको हो ।


प्रतिक्रिया